समायोजनपछि ६५ वटा शाखा कार्यालय संचालनमा लागि भवन खोज्दै प्रभु बैंक

१५ माघ २०७९, आईतवार १०:४४

काठमाडौं । प्रभु बैंक लिमिटेडले ६५ वटा शाखा कार्यालय संचालनका लागि नयाँ भवनको खोजी गरेको छ । साविक सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट पुष २६ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

समायोजनपछि प्रभु बैंकले ६५ वटा शाखा कार्यालय संचालनमा लागि नयाँ भवन आवश्यक रहेको जनाएको हो । सो प्रयोजनार्थ बैंकले भुई तल्ला वा पहिलो तल्लाको कम्तिमा करिब २ हजार र भुई तल्लामा एटिएमको लागि भवन भाडामा आवश्यक रहेको जनाएको छ ।

इच्छुक धरधनीहरुले १५ दिनभित्र बैंकको प्रधान कार्यालय संजाल विस्तार विभा तथा सम्बन्धित प्रादेशिक कार्यालयहरु विराटनगर, बीरगंज, मानभवन, ललितपुर, पोखरा भैरहवा, सुर्खेत र धनगढीमा शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*