बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

१५ माघ २०७९, आईतवार १३:११

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा जीवन तथा निर्जीवन बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुहरूसँग यही माघ १३ गते शुक्रबार बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा क्षेत्रमा देखिएका समस्याहरू र समाधानका उपायका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूले केही हदसम्म बीमा दाबी भुक्तानी शाखा कार्यालयबाट नै दिनसक्ने व्यवस्था हुनुपर्ने, कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम दिनुपर्ने र बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू निरन्तररूपमा आयोजना गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।

साथै, उहाँहरूले बीमा व्यवसायमा देखिएका अस्वस्थ प्रतिस्पर्धा नियन्त्रणका लागि प्राधिकरणले निरीक्षण एवम् नियमनमा जोड दिनुपर्ने र बीमा अभिकर्ताका लागि समेत तालिमको व्यवस्था गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा नगर्न, शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउन र बीमा दाबी भुक्तानी पनि शाखा कार्यालयहरूबाट नै दिने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई प्राधिकरणबाट निर्देशन दिइएको जानकारी दिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*