बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय संचालनमा, निर्जिवन बीमा कम्पनीहरुसँग छलफल सम्पन्न

१५ माघ २०७९, आईतवार १५:३६

काठमाडौं । बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय संचालनमा आएको छ । बीमा प्राधिकरणले देशका छ वटै प्रदेशमा कार्यालय स्थापना गर्ने क्रममा बुटवलमा स्थापना गरिएको नयाँ कार्यालय आजबाट सञ्चालनमा आएको हो । कार्यालय शुभारम्भ भएसँगै प्राधिकरणले निर्जिवन बीमा कम्पनीहरुसँग पहिलो छलफल सम्पन्न गरेको छ । प्राधिकरणले निर्जिवन बीमा व्यवसाय गर्ने बीमकहरुसँग बीमा व्यवसाय सम्बन्धी विवरण संकलन गर्ने निर्णय सहित आज छलफल सम्पन्न गरेको जनाएको छ ।

बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय प्रमुख पूर्ण बहादुर थापाको अध्यक्षतामा आजको छलफल सम्पन्न भएको प्राधिकरणले जनाएको छ । सो छलफलमा लुम्बिनी प्रदेश कार्यालयमा निर्जिवन बीमा व्यवसाय गर्ने बीमकहरुसँग बीमा व्यवसायको विकास विस्तर र प्रवद्धनको लागि राय सुझाव लिनुको साथै मार्सिक रुपमा एक पटक अन्तक्रिया कार्यक्रम सम्पन्न गर्ने बिषयमा समेत छलफल भएको छ।

दाबी भुक्तानीका विवादको विषयमा पनि प्रादेशिक कार्यालयलाई नै अधिकार दिने गरी व्यवस्था मिलाउने, लुम्बिनी प्रदेशका बीमितहरुलाई सहज बीमा सुविधा दिने लगायतका विषयमा छलफल भएको छ।

बागमति प्रदेशमा प्राधिकरणको केन्द्रीय कार्यालय नै सञ्चालनमा छ भने अब गण्डकीको पोखरा र प्रदेश नं १ को विराटनगरमा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा आउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*