अपि पावरको हकप्रद निष्काशन प्रक्रिया अघि बढ्यो

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको ४० प्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगबाट स्वीकृत प्राप्त गरेको हो ।
कम्पनीले माघ ३ गते हकप्रद शेयर निष्काशन गर्न साधारण सभामा प्रस्ताव लैजान पूर्व स्वीकृतिका लागि पेश गरेको विद्युत नियमन आयोगबाट स्वीकृत भएको हो । सोपश्चात् अब कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा हकप्रद निष्काशनको स्वीकृतिका लागि निवेदन पेश गर्नेछ ।