आत्मनिर्भर लघुवित्तको आइपीओ बिक्रि खुल्ला

१६ माघ २०७९, सोमबार ०८:१७

काठमाडौं । आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आजदेखि आइपीओ बिक्री खुला गरेको छ । लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशतले ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १० प्रतित अर्थात् २० हजार ३३८ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

साथै, यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन ११ गतेदेखि आइपीओ जारी गर्दैछ । सर्वसाधारणलाई १ लाख ६९ हजार ७५५ कित्ता सेयर निष्कासन हुनेछ । सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*