दुई कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?

१६ माघ २०७९, सोमबार १६:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । शिखर इन्स्योरेन्स लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयर बजार बन्द हुनुभन्दा अघि कायम शिखर इन्स्योरेन्सको ९३८ रुपैयाँका आधारमा नेप्सेले १६ प्रतिशत बोनस शेयर वितरणपछि शेयरमूल्य ८०८ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।

त्यस्तै, नेरुडे लघुवित्तको पनि १०१० रुपैयाँका आधारमा नेप्सेले २२ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमुल्य ८२७ रुपैयाँ ८७ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि यी दुवै कम्पनीको कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*