बीमा प्राधिकरण लुुम्बिनी प्रदेश कार्यालयद्धारा जीवन बीमा कम्पनीहरुसँग छलफल, अण्डरराईटिङमा केन्द्रीत हुन निर्देशन

१७ माघ २०७९, मंगलवार २२:२२

काठमाडौं । बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश कार्यालय प्रमुख उप निर्देशक पूर्ण बहादुर थापाको अध्यक्षतामा आज मंगलबार छलफल कार्यक्रम सम्पन्न भएको कार्यक्रममा जीवन बीमा कम्पनीहरुलाई मिस सेलिङ नगर्न र प्रपर अण्डरराईटिङ गर्न निर्देशन दिइएको छ ।

प्रदेश कार्यालय स्थापनापछि पहलो पटक आज जीवन बीमा कम्पनीहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको बीमा प्राधिकरणले प्रदेशभित्रका सबै बीमा कम्पनीका प्रदेश प्रमुुखहरुबाट जीवन बीमा व्यवसायको अवस्था, जीवन बीमाको पहुँचको अवस्थाकाबारेमा ब्रिफिङ गरेका थिए ।

बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख थापाले सबै जीवन बीमा कम्पनीहरुलाई अण्डरराईटिङमा ध्यान दिन सकेमा पोलिसी ल्याप्स हुन रोकिने र जनताले ठगिए भन्ने गुनासो नआउने बताउँदै त्यसतर्फ केन्द्रीत हुन निर्देशन दिएका छन् ।
बीमा प्राधिकणको लुम्बिनी प्रदेश कार्यालयले हिजो निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*