क्रस होल्डिङ भएका तीन कम्पनीका अध्यक्ष र मर्जर कमिटिको टोली बीमा प्राधिकरणमा, चैतभित्र क्रस होल्डिङ हटाउन प्राधिकरणको निर्देशन

१८ माघ २०७९, बुधबार १५:१८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले क्रस होल्डिङ भएका तीन कम्पनीका अध्यक्ष र मर्जर कमिटि बोलाएर आज छलफल गरेको छ । नेपाल इन्स्योरेन्स, आइजीआई र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष र मर्जर कमिटिबीच आज प्राधिकरणमा छलफल भएको हो।

बीमा प्राधिकरणले चैत मसान्तभित्र क्रस होल्डिङ हटाउन र मर्जरको प्रस्ताव अघि बढाउन सुझाव दिएको छ । नियामक निकाय बीमा प्राधिकरणले पटक पटक मर्जरमा जान लिखित तथा मौखिक रुपमा निर्देशन दिँदा समेत उनीहरुले अटेर गरेको भन्दै आज छलफलको लागि बोलाएको हो ।

तीन वटै बीमा कम्पनीहरुमा आर्ईएमई ग्रुपको क्रस होल्डिङ रहेको छ । सो मध्ये नेपाल इन्स्योरेन्स नेपाल सरकारको समेत लगानी भएको कम्पनी हो । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको सम्पूर्ण व्यवस्थापन आईएमई ग्रुपबाट हुँदै आएको छ भने प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा पनि ग्रुपकै हस्तक्षेप रहने गरेको जनाइएको छ ।

तीन कम्पनीको स्वाप रेसियो नमिलेपछि कुरा अगाडि नबढेको र स्वाप रेसियोमा कम्पनीहरु मिल्न नखोजेपछि अर्को हप्तासम्मको लागि समय दिएको बीमा प्राधिकरणले जनाएको छ ।
एक सातापछि केही निष्कर्षमा पुग्ने सहित उपस्थित हुने तीन कम्पनीहरुले बताएका छन् । निश्चित समयभित्र कुनै निर्णय नलिएको खण्डमा प्राधिकरणले नै कुनै ठोस निर्णयमा पुग्छौ, प्राधिकरणले जनाएको छ ।

यी कम्पनीहरुमध्ये आइएमई र नेपाल इन्स्योरेन्समा चन्द्र ढकाल र आइएमई ग्रुपको लगानी छ। नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्समा विशाल ग्रुपको समेत लगानी रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले पहिलेदेखिनै तीन कम्पनीलाई क्रस होल्डिङ हटाउन निर्देशन दिएपनि मानेका छैनन्। नेपाल इन्स्योरेन्स,आइएमई र प्रुडेन्सियल इन्स्योरेन्सको केहि अघिदेखिनै मर्जरमा जाने कुरा रहेपनि स्वाप रेसियोमा विबाद सिर्जना पाइएको छ।

नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार तीन जीवन बीमा कम्पनी मर्जरका लागि हस्ताक्षेर गरेर स्वाप रेसियोमा कुरा नमिल्दा मर्जर टुंगिने अवस्थामा पुगेको थियो। प्राधिकरणले पनि यी तीन कम्पनीलाई मर्जरमा जानका लागि दवाव दिन सक्ने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*