लाभांश र मर्जर प्रस्तावसहित सगरमाथा इन्स्योरेन्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

१९ माघ २०७९, बिहीबार १०:११

काठमाडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा फागुन ११ गते बिहिबार लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो ।

सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आवको मुनाफाबाट कायम चुक्तापुँजीको १२.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै सो सभाले लु्म्बिनी जनरल इन्स्योरेन्ससँगको मर्जरसम्बन्धि सम्बन्धी सम्पूर्ण प्रस्तावहरु पारित गर्नेछ । कम्पनीमा संस्थापक शेयरधनी समूह अन्तर्गत नेपाली संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत संयुक्त साझेदार, वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाको २० प्रतिशत गरी संस्थापक शेयरधनी स्वामित्व ७१ प्रतिशत रहेकोमा नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमति बमोजिम नेपाली संस्थापक शेयरधनी समूहले धारण गरेको ५१% शेयर मध्ये २०% शेयरहरु समानुपातिक रुपमा सर्वसाधारण शेयरधनी समूहमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ माघ २७ गते एकदिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*