नेशनल लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

१९ माघ २०७९, बिहीबार १४:००

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले बीमितको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।

बिरेन्द्रनगर नगरपालिका ६ निवासी शरद कुमार चलाउनेले छोरी ओजस्वी चलाउनेको नाममा ५ लाख रुपैयाँ बाल अमृत–१ बीमा गराएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

उनको मृत्युपश्चात् कम्पनीले उनकी श्रीमति जस्मिता चलाउने श्रेत्री (श्रेष्ठ)लाई ५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो । साथै उनकी छोरीले बीमा अवधि पुरा भएपछि बीमाङ्क रकमको ५० प्रतिशत रकम र पुरा अवधिको बोनस सहित एकमुष्ठ रकम पाउनेछिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*