रिलायन्स लाइफको मेडिकल इन्स्योरेन्सको लागि दुई पक्षसँग सेवा सम्झौता

१९ माघ २०७९, बिहीबार १४:४२

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहक तथा बीमितहरुलाई थप सेवा सुविधा प्रदान गर्ने हेतुले थप दुई हस्पिटल तथा पोलिक्लिनिकसँग सम्झौता गरेको छ । कम्पनीले मकवानपुर पोलिक्लिनिक, हेटौंडा तथा अल्पलाइन हस्पिटल, सिमरासँग मेडिकल इन्स्योरेन्सको लागि सेवा सम्झौता गरेको हो ।

सम्झौता कार्यक्रममा अंडरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया म्यानेजर सुर्य गिरी लगायत मकवानपुर पोलिक्लिनिकको तर्फबाट संचालक विकास भट्टराई र अल्पलाइन हस्पिटलका तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार शर्माको उपस्थिति रहेको थियो ।

सम्झौता पश्चात रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बीमितहरुले हस्पिटलको प्रयोगशाला सेवा, एक्स रे, इसीजी, इसीएचओ लगायत सेवाहरूमा बिशेष छुट पाउनेछन ।

रिलायन्स लाइफले देशभर २४ वटा शाखा कार्यालय विस्तार गरी जीवन बीमा क्षेत्रमा उल्लेख्य सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*