दुई वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१९ माघ २०७९, बिहीबार १५:०५

काठडमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा २२ अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म मार्केट बढेपनि क्लोज हुँदासम्म दोहोरो अंकले घट्न पुगेको हो ।

आज शेयरबजार घटेपनि अघिल्लो दिनको तुलनामा भने कारोबार रकम बढ्न पुगेको छ । आज २ अर्ब ९ करोडमाथिको कारोबार हुँदा सर्वाधिक स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, दोस्रोमा एनआइसी एशिया बैंकको पनि ५ करोड ५० लाख रुपैयाँमाथिको कारोबार भएको छ । साथै, आइएमई जनरल इन्स्योरे्रन्सको ४ करोड ९० लाख, अपि पावरको ४ करोड ८४ लाख र चिलिमे हाइड्रोपावरको ४ करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*