समयमा वित्तीय विवरण नबुझाउने १० बीमा कम्पनीलाई बीमा प्राधिकरणको सचेत पत्र, हिमालयन रिले पायो पहिलो पत्र

१९ माघ २०७९, बिहीबार १६:४८

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले समयमा वित्तीय विवरण नबुझाउने १० बीमा कम्पनीलाई सचेतपत्र पठाएको छ । बीमा प्राधिकरणले पहिलो पटक हिजो हिमालयन रि इन्स्योरेन्स कम्पनीसहितका बीमा कम्पनीहरुलाई सचेत पत्र पठाएको हो ।

प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई पहिलो पटक वित्तीय विवरण नबुझाएको भन्दै पत्र पठाएको छ । त्यस्तै अन्य कम्पनीहरुमा गुराँस लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा लाइफहरुलाई वित्तीय विवरण बुझाउन ढिलाई गरेको भन्दै पत्राचार गरेको छ ।

बीमा प्राधिकरणले पुस मसान्तसम्ममा वित्तीय विवरण नबुझाउने प्रुडेन्सियल, लुम्बिनी जनरल, सिद्धार्थ इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीलाई पनि पत्राचार गरेको छ । गत आर्थिक वर्षको वित्तीय विवरण भएकोले तत्कालै कारवाही भने हुनेछैन । नयाँ अभ्यास र गत आवको वित्तीय विवरण भएकोले सचेत गराउँदै पत्राचार गरिएको बीमा प्राधिकरणले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*