दोस्रो त्रैमाससम्ममा कुन जीवन बीमा कम्पनीले कति बीमा शुल्क आर्जन गरे ? (तथ्याङ्कसहित)

१९ माघ २०७९, बिहीबार १८:०५

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीले साढे ७१ अर्बमाथि बीमा शुल्क आर्जन गरेका हुन् ।

सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै १८ अर्ब ६३ करोड ३८ लाख रुपैयाँमाथि प्रिमियम कलेक्सन गरेको छ । जीवन बीमा क्षेत्रमा उल्लेख्य ब्यवसाय बढाउँदै नेपाल लाइफले पुष मसान्तसम्म १८ अर्बमाथिको बीमाशुल्क आर्जन गरेको हो ।

त्यस्तै, एलआइसी नेपालले पनि बीमा ब्यवसायमा उल्लेख्य प्रगति गरेको तथ्याङ्कले देखाएको छ । पुष मसान्तसम्म एलआइसी नेपालले ८ अर्ब ७२ करोड रुपैयाँमाथि कुल बीमा शुल्क आर्जन गरेको छ । साथै एलआइसीलाई पच्छ्याँदै नेशनल लाइफले पनि पुष मसान्तसम्ममा ७ अर्ब ६८ करोडमाथि प्रिमियम कलेक्सन गरेको छ ।

त्यस्तै, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब १४ करोड, सूर्यज्योतिले ४ अर्ब १५ करोड, युनियनले ३ अर्ब ७५ करोड, एशियन लाइफले ३ अर्ब ४६ करोड, सिटिजन लाइफले २ अर्ब ६६ करोड, मेट लाइफले २ अर्ब ५० करोड, प्राइम लाइफले २ अर्ब २६ करोड, आइएमई लाइफले १ अर्ब ९५ करोड, सन नेपाल लाइफले १ अर्ब ९४ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ७८ करोड, रिलायन्स लाइफले १ अर्ब ५० करोड, गुराँस लाइफले १ अर्ब ४३ करोड, सानिमा लाइफले १ अर्ब २४ करोड, प्रभु लाइफले १ अर्ब ३ करोड र महालक्ष्मी लाइफले ७५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*