मौद्रिक नीतिको समीक्षामा १२ करोडको सीमा हटाउन माग

१९ माघ २०७९, बिहीबार १८:३१

काठमाडौं । लगानीकर्ताहरुको छाता संगठनहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि राष्ट्र बैंकलाई सुझाव दिएका छन् । तीन लगानीकर्ताका संगठनले आज चार बुँदे मागसहित राष्ट्र बैंकलाई सुझाव दिएका हुन् ।

तीन लगानीकर्ताका संगठनले शेयर धितो कर्जामा १२ करोडको सीमाले शेयर बजारमा हित नभएको भन्दै फिर्ता गर्न माग गरेका छन् । त्यस्तै, शेयर कर्जामा लगाइएको १५० प्रतिशत जोखिम भारित औसतलाई १०० प्रतिशत नै काय गर्न अनुरोध गरेका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ, नेपालका अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पँुुजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखेलले आज संयुक्त रुपमा वक्तव्य निकाल्दै सुुझाव दिएका छन् ।

यस्ता छन् नेपाल राष्ट्र बैंकलाई लगानीकर्ताले दिएका सुझावहरु

१– १२ करोड (बाह्र करोड सम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गर्दछौं ।

२– आ.व. २०७९÷८० को आषाढ १ गते देखि शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध गर्दछौं ।

३– विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अङ्गमा कायम गरिदिनु हुन अनुरोध गर्दछौं ।

४– तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछौ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*