कामना सेवा विकास बैंकका सिईओसहितका चार जना रिहा

१९ माघ २०७९, बिहीबार २०:०३

काठमाडौं । कामना सेवा विकास बैंकका निवर्तमान सिईओ प्रबिन बस्नेतसहितका चार जनालाई आज प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ । कर्जा अपचलन मुद्दामा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेका चन्द्र बहादुर थापा, हरेन्द्र दाहाल र बीरेन्द्रसिंह भण्डार तथा प्रहरी समक्ष आफै आत्मसमर्पण गरेका सिईओ प्रबिन बस्नेतलाई इलाका प्रहरी कार्यालय हाजिरी जमानीमा आज रिहा गरेको हो ।

झापा प्रहरीका अनुसार हाललाई अनुसन्धान सकिएको, बयान समेत लिइसकिएकोले जमानीमा रिहा गरिएको हो । अब अदालतमा आदेश गरे बमोजिम हुने गरी केही दिन तारेखमा राखेर मुद्दा पेश गरेपछि थप किनारा लाग्नेछ ।
कामना विकास बैंकबाट प्रवाह भएको ३२ करोड कर्जा अपचलन भएको उजुरी राष्ट्र बैंक हुँदै झापा पुगेपछि प्रहरीले ऋणी चन्द्र बहादुर थापा र हरेन्द्र दाहाल, बैंकका कर्मचारी बीरेन्द्र सिंह भण्डारी समेतलाई पक्राउ गरिएको थियो । प्रहरीले कूल ११ जनाका विरुद्धमा पक्राउ पूर्जी जारी गरी खोजी गरिरहेको थियो । अब बाँकीलाई पक्राउ गरी बयान लिएपछि अदालतमा पेश हुनेछ ।

कूल ३२ करोड ऋण मध्ये आधा भन्दा बढि तिरिसकिएको र बाँकी रकम समेत ऋणीले भुक्तानी गर्दै आएका थिएन । ऋणमा खासै समस्या नभए पनि धितोमा समस्या भएकोले प्रहरीको छानविनमा परेका हुन् ।

उल्लेखित कर्जाहरु सिईओ प्रबिन बस्नेतले स्वीकृत नगरेको बरु सिईओ बस्नेत आफैले नेपाल राष्ट्र बैंकमा लिखित उजुरी दिएका थिए । सर्वसाधारणको रकम डुब्न नदिन सिईओ बस्नेतले उजुरी दिएकोमा प्रहरीले अनुसन्धान गर्दा सिईओ बस्नेत माथि समेत शंकाको दृष्टिले हेरेर पक्राउ पूर्जी जारी गरेको थियो । आफू विद्धमा पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि सिईओ बस्नेत बैंक छोडेर झापा प्रहरीकोमा पुगेर आत्मसमर्पण गरेका थिए । प्रहरीले उनले अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएपछि प्रहरी घटनाको मुख्य दोषीहरु पत्ता लगाउने अभियानमा अघि बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*