सानिमा लाइफ इन्स्योरेन्सद्वारा पाँचौ साधारण सभा आह्वान, रिलायन्स लाइफसँगको मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित हुने

२० माघ २०७९, शुक्रबार १०:२७

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठले पाँचौ सभा फागुन १२ गते कुण्डलीनी दरबार बैंक्वेट, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

सो सभाले रिलायन्स लाइफ इन्स्योरेन्ससँगको मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित गर्नेछ । सानिमा लाइफ र रिलायन्स लाइफ एक आपसमा गाभ्ने।गाभिने प्रयोजनका लागि डीडीएपश्चात निर्धारण गरिएको १ः१ अनुपात कायम हुनेगरी एकआपसमा गाभ्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताप पारित गर्नेछ ।

साथै मर्जपछि बन्ने कम्पनीको नाम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड हुनेगरी संसोधन गर्ने, एकआपसमा गाभिएपश्चात कम्पनीको जारी पुँजी समेत जोडी जारी पुँजी तथा चुक्तापुँजी कायम हुने हुँदा सानिमा लाइफको प्रबन्धपत्र संशोधन गरी जारी पुँजी तथा चुक्तापुँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका सादै सानिमा लाइफको शेयर संरचना हाल संस्थापक शेयर ७० र सर्वसाधारण शेयर ३० प्रतिशत रहेकोमा शेयर संरचना परिवर्तन गरी संस्थापक तर्फको ७० प्रतिशत मध्ये १९ प्रतिशत संस्थापक शेयर सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने र तदनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

सो सभाले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साथै संचालक समितिद्वारा थप गरिएको कम्पनीको संस्थापक समूह तर्फको संचालकहरुको कार्यकाल अनुमोदन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*