मर्जर प्रस्ताव सहित रिलायन्स लाइफको साधारण सभा फागुन १२ गते, शेयर संरचना परिवर्तन गर्ने मुख्य प्रस्ताव

२० माघ २०७९, शुक्रबार १०:२३

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालन समितिको बैठकको निर्णयले सभा फागुन १२ गते लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बोलाएको हो ।

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७।७८ को बार्षिक प्रतिवेदन पारित गर्नेछ । त्यस्तै, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७७।७८ को वासलात, नाफा नोक्सन हिसाब लगायतका विवरणहरु स्वीकृत गर्ने छ ।

सभाले सानिमा लाइफ इन्स्योरेन्स संग एक आपसमा गाभ्ने, गाभिने सम्बन्धि प्रस्ताव पारित गर्ने छ लगायत अन्य महत्वपुर्ण प्रस्ताव पारित गर्ने छ । यसका साथै सो सभाले रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिएपश्चात् बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड’ कायम गरी सो नामबाट जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । साथै डीडीएपश्चात कायम हुन आएको १ः१ अनुपात निर्धारण गरी गाभ्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

कम्पनीको हालको शेयर संरचना बमोजिम कायम रहेको चुक्तापुँजी अनुरुप संस्थापक समूहतर्फ ७०% र सर्वसाधारण समूहतर्फ ३०% हिस्सा रहेकोमा संस्थापक समूहतर्फको ७०% मध्ये कम्पनीको १९% संस्थापक शेयर बीमा प्राधिकरणको स्वीकृति लिई सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने र तदअनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गरी यथावत् पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीको दर्ता पुस्तिका माघ २९ गते १ दिनको लागि बन्द गरिने छ । यसर्थ माघ २८ सम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*