जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ५७ अर्ब माथि, कुन कम्पनीले कति आर्जन गरे ? (इन्फ्रोग्राफ सहित)

२० माघ २०७९, शुक्रबार १६:२७

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिसम्ममा ५७ अर्ब ४७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार हाल संचालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुले उक्त बीमाशुल्क आर्जन गर्न सफल भएकान हुन् ।

यस त्रैमाससम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीले यस त्रैमासमा मात्रै १६ अर्ब अर्ब ४ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।दोस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस त्रैमाससम्म्मा ७ अर्ब ६ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

तेस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस त्रैमाससम्ममा ६ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

बीमा प्राधिकरणका अनुसार युनियन लाइ्रफले ३ अर्ब ८ करोड रुपैयाँ, सूर्या ज्योति लाइफले २ अर्ब ४३ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब ७२ करोड रुपैयाँ, मेट लाइफको १ अर्ब ८९ करोड रुपैयाँ, प्राइम लाइफको १ अर्ब ८२ करोड रुपैयाँ, सिटिजन लाइफको १ अर्ब ७८ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ४७ करोड रुपैयाँ, आएइमर्ए लाइफले १ अर्ब ३४ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, गुराँस लाइफले १ अर्ब २७ करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब ६ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ५ करोड रुपैयाँ, सन नेपाल लाइफले ९७ करोड रुपैयाँ, सानिमा लाइफले ८२ करोड रुपैयाँ, प्रभु लाइफले ७३ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ५२ करोड रुपैयाँ र सूर्या ज्योति लाइफले ३८ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*