पुषमा मात्रै जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन साढे १३ अर्ब, गुराँस र आइएमई लाइफको देखियो प्रगति (तथ्याङ्कसहित)

२० माघ २०७९, शुक्रबार १६:३८

काठमाडौं । जीवन बीमा कम्पनीहरुले पुष महिनामा मात्रै १३ अर्ब ५० करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १८ जीवन बीमा कम्पनीको टोटल प्रिमियम कलेक्सन एक महिनामा १०.१४ प्रतिशतले घटेको छ ।

१८ जीवन बीमा कम्पनीमध्ये मेट लाइफ इन्स्योन्स र राष्ट्रिय बीमा संस्थानबाहेकका सबै बीमा कम्पनीहरुको ब्यवसाय बढेको छ । एक महिनाको अन्तरालमा सबैभन्दा बढी प्रिमियम कलेक्सन बृद्धि गर्ने कम्पनीमा गुराँस लाइफ इन्स्योरेन्स रहेको छ ।

प्राइम र युनियनसँग मर्जरको तयारीमा रहेको गुराँस लाइफले पुष मसान्तसम्ममा ३१ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । मंसिर महिनामा कम्पनीले १७ करोड १३ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको थियो । एक महिनाको अन्तरालमा कम्पनीले ८५.८० प्रतिशत बढीले बीमा शुल्क आर्जन बढाएको हो ।

तर पुष महिनामा सबैभन्दा कुल बीमा शुल्क आर्जन गर्ने कम्पनीमा भने नेपाल लाइफकै अग्रता रहेको छ । कम्पनीले पुष महिनामा ३ अर्ब ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । मंसिर महिनाको तुलनामा पुष महिनामा नेपाल लाइफको बीमा ब्यवसाय भने १०.७१ प्रतिशतले मात्रै बढेको छ ।

त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सले पनि एक महिनाको अन्तरालमा बीमा ब्यवसायमा उल्लेख्य प्रगति गरेको तथ्याङ्कले देखाएको छ । मंसिर महिनामा ३२ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले पुष महिनामा ४८ करोड २ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ ।
त्यस्तै, रिलायन्स लाइफले पनि एक महिनामा ४५.२३ प्रतिशतले बीमा ब्यवसाय बढाएको छ । कम्पनीले पुष महिनामा मात्रै २८ करोड ४४ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ । मंसिर महिनामा कम्पनीले १९ करोड ५८ लाख रुपैयाँ मात्रै कुल बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, प्रभु लाइफले ३९.४९ प्रतिशत, महालक्ष्मी लाइफले ३९.४५ प्रतिशत, एलआइसी नेपालले ३५.४० प्रतिशत, युनियन लाइफले ३५.०९ प्रतिशत, प्राइम लाइफले ३२.३४ प्रतिशत, सानिमा लाइफले २८.३६ प्रतिशत, सूर्यज्योति लाइफले २७.४८ प्रतिशत, एशियन लाइफले २५.०७ प्रतिशत, सिटिजन लाइफले २३.९६ प्रतिशत, रिलायबल नेपाल लाइफले २२.०६ प्रतिशत, नेपाल लाइफले १०.७१ प्रतिशत, सन नेपाल लाइफले १०.३५ प्रतिशत र नेशनल लाइफले ९.५८ प्रतिशतले बीमा ब्यवसाय बढाएका छन् । त्यस्तै, मंसिर महिनाको तुलनामा पुष महिनामा दुई जीवन बीमा कम्पनीको ब्यवसाय भने घटेको छ । जसमा मेट लाइफको १.७८ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको ८५.६५ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*