हिमालयन एभरेष्ट इन्स्योरेन्सको वित्तीय विवरणमा चमक देखिएन, व्यवस्थापन खर्च बढ्दा लगानीकर्ता चिन्तित

२७ माघ २०७९, शुक्रबार ०९:२३

काठमाडौं । नेपाली बीमा क्षेत्रकै पहिलो मर्जर गरेर इतिहास रचेको हिमालयन इन्स्योरेन्स कम्पनीको मुनाफा बृद्धि नहुँदा र उल्टै पुँजि घट्दा लगानीकर्ताहरु चिन्तित बन्न पुगेका छन् । कम्पनीभित्र जथाभावी खर्च गरिएकोले व्यवस्थापन खर्च उच्च देखिँदा मुनाफाले गति लिन सकेन ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आज प्रकाशित गरेको चालु आवको पहिलो दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको व्यवस्थापन खर्च नौ प्रतिशतले बृद्धि भएको छ । देशमा वित्तीय संकटका बीचमा कम्पनीको व्यवस्थापन खर्र्च ह्वात्तै बृद्धि भएको हो । गत आवमा १९ करोड ६१ लाख ७९ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले चालु आवको छ महिनामा २१ करोड ३९ लाख ७२ हजार रुपैयाँ व्यवस्थापन खर्च गरिएको छ । कम्पनीले बीमा व्यवसाय बढि देखाउन क्यास ब्याक अफर, अन्य विशेष प्रकारका अफरहरु सञ्चालन गरेकोले व्यवस्थापन खर्च बृद्धि भएको अनुमान गरिएको छ । गत आवको तुलनामा कम्पनीबाट धेरै कर्मचारीहरुले जागिर छोडेपछि घट्नुपर्ने व्यवस्थापन खर्च उल्टै बृद्धि भएको आज प्रकाशित वित्तीय विवरणमा देखिएको छ ।

कम्पनीको व्यवस्थापन खर्च बृद्धि भएको कारण कम्पनीको मुनाफामा खासै उत्साह देखिएको छैन । गत आवमा ११ करोड मुनाफामा कमाएको कम्पनीले यस आवमा पनि सोही मुनाफा कायम राखेको छ । कम्पनीको व्यवसाय तीन प्रतिशतले बृद्धि भएको देखिएको छ । साथै कूल बीमा शुल्कको अनुुपातमा खुद बीमाशुल्क धेरै बृद्धि भएको छ । कम्पनीको खुद बीमा शुल्क ३०.५४ प्रतिशतले बृद्धि गरिएको छ ।

मर्जरका कारण कम्पनीको चुक्ता पुँजि घटेको छ । गत आवको यसै अवधीमा दुई अर्ब २८ करोड ३९ लाख रहेकोमा चालु आवको छ महिने अवधीमा दुई अबृ २३ करोड ९९ लाख ३७ हजारमा सीमित भएको छ । कम्पनीको स्वाप रेसिया कम राखेकका कारण चुक्ता पुँजि घटेको हो ।

कम्पनीको कर्जा लगानी, पुनर्बीमा कमिशन आय समेतको गणनामा बृद्धि भएको देखिएको छ । गत आवमा ३२ करोड रुपैयाँ आम्दानी गरेको कम्पनील चालु आवको समीक्षा अवधीमा ३५ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । बैंकको ब्याजदरमा बृद्धि भएकोले कम्पनीको आम्दानी बृद्धि भएको हो ।

कम्पनीले समीक्षा अवधीमा एउक अर्ब ५० करोड ८१ लाख ५४ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । गत आवमा यस्तो आय एक अर्ब ४६ करोड रुपैयाँ थियो । कम्पनीको बक्यौता दावी भुक्तानी दुई अर्ब १७ करोड ६४ लाख ७९ हजार रुपैयाँ बाँकी रहेको छ । कम्पनीको बक्यौता दावी भुक्तानी छ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १०.०५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १८३.२१ रुपैयाँ,ढ प्रतिशेयर कूल सम्पत्तिको मुल्य २८७.०६ रुपैयाँ रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*