दोस्रो त्रैमासमा यस्तो देखियो शिखर इन्स्योरेन्स, समग्र सूचांकमा प्रगति

२८ माघ २०७९, शनिबार १६:१४

काठमाडौं । देशकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले चालु आवको छ महिने अवधीमा अधिकांश सूचांकमा प्रगति गरेको तथ्याङ्कमा देखिएको छ ।

कम्पनीले आज प्रकाशित गरेको अपरिस्कृतवित्तीय विवरण अनुसार कूल बीमा बीमा व्यवसाय १२.४८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवको यसै अवधीमा जम्मा दुई अर्ब ३६ करोड रुपैयाँको कूल व्यवसाय गरेको कम्पनीले चालु आवको छ महिनाको अवधीमा दुई अर्ब ६५ करोड २३ लाख ४७ हजार ८६८ रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी सामान्य मात्रै बृद्धि भएको छ । गत आवमा ७६ करोड खुद बीमा शुल्क आम्दानीमा बाँधेको कम्पनीले चालु आवको छ महिने अवधीमा ७७ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै, कम्पनीको बक्यौता दावी भुक्तानी घटेको छ भने जारी बीमा पोलिसी संख्या सामान्य अंकले बृद्धि भएको देखिएको छ ।

देशमा चर्को आर्थिक संकटका बीचमा त्यसको प्रभाव कम्पनीमा पर्न नदिन हर प्रकारले सचेत रहेको वित्तीय विवरणले औल्याएको छ । वित्तीय विवरणमा कम्पनीको स्रोत परिचालनबाट प्राप्त आम्दानी उल्लेख्य बृद्धि भई ५५ करोड ६७ लाख रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीले लगानीबाट प्राप्त आय, कर्जा प्रवाह गरेर प्राप्त आय तथा पुनर्बीमा कमिशन बापतको आयमा ११.४२ प्रतिशतले बृद्धि भएको छ । गत आवको यसै अवधीमा त्यस्तो आम्दानी जम्मा ४९ करोड रुपैयाँ थियो ।

कम्पनीको खुद नाफा नगन्य मात्रामा घटेको देखिएको छ । गत आवको छ महिने अवधीमा २४ करोड ३० लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधीमा २४ करोड सात लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

त्यस्तै, कम्पनीको व्यवस्थापन खर्च केही बढेको छ । गत आवमा २२ करोड खर्च गरेको कम्पनीले चालु आवको छ महिने अवधीमा २८ करोड रुपैयाँ खर्च गरेको छ । त्यस्तै, कम्पनीको खुद दावी भुक्तानी बापतको रकम ६.६ प्रतिशतले बृद्धि भई ३९ करोडबाट बढेर ४२ करोड पुगेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी २१.०६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २१५.२१ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३०२.३८ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*