नेको इन्स्योरेन्स कम्पनीको आम्दानी र मुनाफामा उल्लेख्य प्रगति, बक्यौता दावी भुक्तानी २५ प्रतिशतले घटाउन सफल

२८ माघ २०७९, शनिबार २३:०५

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित भएको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको पुँजि, मुनाफा र आम्दानी तीन वटा मुख्य सूचांकमा उल्लेख्य प्रगति गर्न सफल भएको छ ।

कम्पनीको बीमा कोषमा एक अर्ब ४४ करोड ७५ लाख २९ हजार संचिती गर्न सफल भएको छ । गत आवको यसै अवधीको तुलनामा २३.२५ प्रतिशतको बृद्धि हासिल गरेको कम्पनीको समग्र कोषको आकार एक अर्ब ८५ करोडभन्दा माथि छ ।

कम्पनीको चुक्ता पुँजि ३२.२५ प्रतिशतले बृद्धि भएको छ । नेको इन्स्योरेन्सको चुक्ता पुँजि दुई अर्ब एक करोड २३ लाख ६१ हजार पुगेको छ । बीमा प्राधिकरणको तोकेको चुक्ता पुँजि पुर्याउन अब ४९ करोड मात्रै बाँकी छ ।
नेको इन्स्योरेन्स कम्पनीको मुनाफा १७.२० प्रतिशतले बृद्धि भई १७ करोड ६० लाख ६५ हजार पुगेको छ । गत आवको यसै अवधीमा कम्पनीले १५ करोड दुई लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले कर्जा लगानी, अन्य लगानी तथा पुनर्बीमा कमिशन आम्दानीमा १५.४९ प्रतिशतको फराकिलो बृद्धि हासिल गर्न सफल भएको छ । गत आवमा ३३ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको सोही अवधीमा ३८ करोड ३२ लाख नौ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीको लगानीबाट प्राप्त आम्दानीमा बृद्धि भएकै कारण मुनाफामा बृद्धि भएको छ ।

कम्पनीको कूल बीमा शुल्क आम्दानी एक अर्ब ५४ करोड ५८ लाख रुपैयाँ रहेको छ । गत आवमा पनि सोही अनुपातमा कूल बीमा शुल्क आम्दानी गरेको थियो । कम्पनीको खुद बीमा शुल्क आम्दानी ३९ करोडबाट ३६ करोडमा झारिएको छ । त्यस्तै, व्यवस्थापन खर्च २५ प्रतिशतले बृद्धि भई १८ करोडबाट बढेर २३ करोड पुगेको छ ।

कम्पनीले बक्यौता दावी भुक्तानीमा उल्लेख्य सुधार गर्न सफल भएको छ । गत आवको यसै अवधीको तुलनामा कम्पनीको बक्यौता दावी भुक्तानी २५.४९ प्रतिशतले घटेर एक अर्ब ७८ करोडमा झरेको छ । गत आवमा यस्तो रकम दुई अर्ब ३९ करोड रुपैयाँ थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १७.५० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १९२.०५ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३५४.७४ रुपैयाँ रहेको छ । समग्रमा कम्पनीले व्यापक सुधार गर्न सफल भएको छ । आर्थिक संकटले अप्ठेरो अवस्थामा पनि कुशल व्यवस्थापकीय क्षमताको कारण आम्दानी बृद्धि भई मुनाफा बढाउन कम्पनी सफल भएको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*