युनाइटेड इन्स्योरेन्सको मुनाफा बढ्यो, अन्य सूचांक कस्तो ?

२९ माघ २०७९, आईतवार ०५:४०

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा बृद्धि भएको छ भने अन्य सूचांकहरुमा आर्थिक मन्दीको प्रभाव परेको देखिएको छ ।

कम्पनीको बीमा कोषमा ४६ करोड ७२ रुपैयाँ संचिती रहेको छ । कम्पनीको बीमा कोष गत आवको तुलनामा आठ करोड रुपैयाँले बृद्धि भएको छ । त्यस्तै, जगेडा कोष र महाविपत्ति कोषसहितको समग्र कोषको आकार ७० करोडभन्दा माथि छ । एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजि भएको युनाइटेड इन्स्योरेन्स कम्पनीको समग्र वित्तीय अवस्थामा आर्थिक मन्दीको प्रभाव परेको देखिएको छ । कम्पनीको कूल बीमा शुल्क र खुद बीमा शुल्क दुवै घटेको छ । लगानीबाट प्राप्त आम्दानी बृद्धि भएको र व्यवस्थापन खर्च सामान्य अंकले घटेको छ ।

व्यवस्थापन खर्च घटेको र आम्दानी बृद्धि भएको कारण कम्पनीको मुनाफा छ करोडबाट ३३.६७ प्रतिशतले बृद्धि भई आठ करोड दुई लाख ९६ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १५.६२ रुपैयाँ रहेको छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य २९९.४९ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १६९.६८ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*