युनियन लाइफको जीवन बीमा कोष १३ अर्ब माथि, मुनाफा ह्वात्तै बढ्दा अन्य सूचांकमा यस्तो प्रगति

२९ माघ २०७९, आईतवार ०६:००

काठमाडौं । जीवन बीमा कम्पनीहरुको लागि सबैभन्दा महत्वपूर्ण जीवन बीमा कोषमा १३ अर्बभन्दा बढि संचिती गर्दै युनियन लाइफले छोटो समयमा नै उल्लेख्य प्रगति गर्न सफल भएको आज प्रकाशित वित्तीय विवरणले औल्याएको छ ।

चालु आवको दोस्रो त्रैमासिक अवधीको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषको आकार ३८.९४ प्रतिशतले बृद्धि गर्दै १३ अर्ब २४ करोड ७६ लाख ७२ हजार रुपैयाँको विशाल कोष खडा गर्न सफल भएको छ । युनियन लाइफले गत आवको यसै अवधीमा जम्मा नौ अर्ब ५३ करोड रुपैयाँको जीवन बीमा कोष रहेको थियो । नयाँ जीवन बीमा कम्पनीको रुपमा पाँच वर्ष पहिले वित्तीय कारोबार थालेको युनियन लाइफले पुराना कम्पनीहरुलाई उछिन्दै १३ अर्बको विशाल जीवन बीमा कोष खडा गर्न सफल भएको हो ।

समीक्षा अवधीमा युनियन लाइफले तीन अर्ब ६२ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । त्यस्तै, कम्पनीको खुद बीमा दावी भुक्तानी गत आवको तुलनामा केही घटेर एक अर्ब ३३ करोडमा सीमित भएको छ । गत आवको यसै अवधीमा कम्पनीले एक अर्ब ४० करोड रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

प्राइम लाइफ, गुराँस लाइफसँग मर्जर गरी हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी नामाकरण गर्ने अन्तिम सम्झौता गरिसकेको छ । कम्पनीको खुद नाफा झण्डै ५० प्रतिशतले बृद्धि गरी सात करोड आठ लाख रुपैयाँबाट १० करोड चार लाख रुपैयाँ पुर्याउन सफल भएको छ । मुनाफा बृद्धि हुँदा कम्पनीको प्रतिशेयर शेयर आम्दानी बृद्धि भई १९.४६ रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीमा हालसम्म कायम बीमा पोलिसी संख्या दुई लाख ४४ हजारबाट घटेर १६९ हजारमा झरेको छ ।

कम्पनी व्यवस्थापन खर्च ४५ कराड रुपैयाँबाट झरेर ४१ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, लगानी, कर्जा लगानी तथा बीमालेख धितोबाट प्राप्त आम्दानी बृद्धि गर्न सफल भएको छ । स्रोत परिचालनबाट प्राप्त आम्दानी बृद्धि हुनु तथा व्यवस्थापन खर्च कटौती गरेका कारण कम्पनीको मुनाफा बृद्धि भएको देखिएको छ ।

युनियन लाइफको प्रतिशेयर कूल सम्पत्तिको मूल्य ७७४.७२ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*