सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवसाय खस्कियो, मुनाफा बृद्धि हुँदा कति पुग्यो इपिएस ?

२९ माघ २०७९, आईतवार ०६:२३

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवसाय खस्किएको देखिएकोछ । आज प्रकाशित वित्तीय विवरण अनुसार मुनाफा सामान्य अंकले बृद्धि भएको छ । कूल बीमा शुल्क आम्दानी घटेको देखिएको हो ।

आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानी एक अर्ब ७३ करोडबाट घटेर एक अर्ब ४९ करोडमा सीमित भएको छ । त्यस्तै खुद बीमा शुल्क आम्दानी पनि ७७ करोडबाट झरेर ७२ करोडमा सीमित हुन पुगेको छ ।

कम्पनीको व्यवस्थापन खर्च १७ करोड ३१ लाखबाट बृद्धि भई १९ करोड १३ लाख ६० हजार पुगेको छ । त्यस्तै कम्पनीको लगानी, कर्जा तथा पुनर्बीमा कमिशन बापतको आम्दानी पनि घटेको पाइएको छ । व्यवस्थापन खर्च बढेको र स्रोत परिचालनबाट प्राप्त आम्दानी घटेकोले मुनाफा प्रभावित हुन पुगेको छ । पछिल्लो छ महिनाको अवधीमा कम्पनीको खुद दावी भुक्तानी पनि ४२ करोड रुपैयाँबाट बढेर ४४ करोड रुपैयाँ पुगेको देखिएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण अनुसार बक्यौता दावी भुक्तानी उल्लेख्य मात्रामा तिरेको छ । गत आवको यसै अवधीमा दुई अर्ब भन्दा माथि रहेको बक्यौता दावी भुक्तानी यस आवको समीक्षा अवधीसम्म आईपुग्दा एक अर्ब ३९ करोड मात्रै बाँकी रहेको छ ।

समीक्षा अवधीमा कम्पनीको मुनाफा सामान्य बृद्धि भएको छ । गत आवको यसै अवधीमा १७ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चाल आवको समीक्षा अवधीमा १७ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी २६.९० रुपैयाँ रहेको छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य ४८०.०२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २४४.०५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*