प्रभु लाइफ इन्स्योरेन्सको मुनाफा दोब्बर, जीवन बीमा कोषमा झण्डै साढे तीन अर्ब संचिती

२९ माघ २०७९, आईतवार ०६:४४

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको छ महिनामा मुनाफा दोब्बर बनाउन सफल भएको छ भने जीवन बीमा कोष उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार प्रभु लाइफको जीवन बीमा कोषमा तीन अर्ब ४७ करोड ७८ लाख १६ हजार ८५५ रुपैयाँ संचिती रहेको छ । गत आवको यसै अवधीमा जीवन बीमा कोषमा दुई अर्ब ६० करोड रुपैयाँ संचिती रहेको थियो ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा दोब्बर बृद्धि गर्न सफल भएको छ । चालु आवको छ महिनाको वित्तीय विवरण अनुसार गत आवको यसै अवधीमा छ करोड १९ लाख १० हजार रुपैयाँ रहेको मुनाफा बृद्धि भई १२ करोड ८२ लाख ६९ हजार ७१८ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनी खुद बीमा शुल्क आम्दानी एक अर्ब रुपैयाँबाट घटेर ९८ करोडमा सीमित भएको छ । त्यस्तै, खुद दावी भुक्तानी नौ करोड ५५ लाख रुपैयाँबाट बृद्धि भई ३७ करोड नाघेको छ । नयाँ कम्पनी भएको तथा खराव व्यवसाय हटाउने नीति लिएकोले कम्पनीको खुद दावी भुक्तानी बढेको विश्वास गरिएको छ ।

कम्पनीमा कार्यरत बीमा अभिकर्ताले पाउने कमिशन सामान्य अंकले घटेको छ । गत आवमा १७ करोड रुपैयाँ कमिशन बापत विरतण गरेकोमा चालु आवको छ महिनाको अवधीमा १४ करोड ७० लाख रुपैयाँ अभिकर्तालाई कमिशन बापत वितरण गरेको छ ।

महालक्ष्मी लाइफसँग मर्जरमा जाने अन्तिम तयारीमा रहेको कम्पनीको प्रतिशेयर आम्दानी १२.८३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३२.२१ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३०६.१० रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*