२३ अर्बको जीवन बीमा कोष लिएर अघि बढ्दै सूर्या ज्योति लाइफ, छ महिनाको मुनाफा २८ करोड हुँदा इपिएस कति ?

२९ माघ २०७९, आईतवार ०७:१७

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आव सार्वजनिक गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले कूल २३ अर्ब छ करोड २९ लाख ८१ हजार ९५९ रुपैयाँको जीवन बीमा कोष खडा गरेको छ । दुई कम्पनी मर्जर भई बनेको संयुक्त जीवन बीमा कोषको आकार २३ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष र महाविपत्ती कोष सहित समग्र कोषको आकार झण्डै २६ अर्ब रुपैयाँ पुगेको छ । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष नै सबैभन्दा महत्वपूर्ण हुन जान्छ ।

कम्पनीको पछिल्लो छ महिना अवधीको खूद बीमा शुल्क आम्दानी दुई अर्ब ५३ करोड ४० लाख ८० हजार ४९५ रुपैयाँ रहेको छ । कम्पनीले सोही अवधीमा खुद दावी भुक्तानी बापत ८२ करोड ३४ लाख ११ हजार रुपैयाँ भुक्तानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १२.५० रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर कूल सम्पत्तिको मूल्य ६९८.६० रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४.६७ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*