बीमा दाबी भुक्तानी मागदर्शन संसोधन, न्यूनतम प्रमाण प्राप्त भएको १५ दिनमा बीमा दाबी भुक्तानी गनुपर्ने

दाबी भुक्तानीको त्रैमासिक विवरणको प्रतिवेदन प्राधिकरणमा पेश अनिवार्य
२ फाल्गुन २०७९, मंगलवार १८:४७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मागदर्शन दोस्रोपटक संसोधन गरेको छ। प्राधिकरणले बीमा दाबी भुक्तानी मागदर्शन, २०७६ लाई समयसापेक्ष संसोधन गर्दै बीमा ऐन को दफा १७० ले दिएको अधिकारीको प्रयोग गरि बीमा दाबी भुक्तानी मागदर्शन दोस्रोपटक संसोधन गरेकोछ ।

प्राधिकरणले यो मागदर्शन तुरुन्तै लागु हुने जनाएको छ। जसमा निर्जिजन बीमातर्फ २ लाख रुपैयाँसम्मको दाबीलाई सानो दाबी मानी यथाशिघ्र फछ्यौट गर्ने व्यवस्था गरेको छ।
त्यस्तै, कृषि तथा लघुबीमा तर्फ ५० हजा।र रुपैयाँसम्म सानो दाबी मानी छिटो दाबी भुक्तानी गर्न र बीमितले आवश्यक प्रमाणहरु दिएको मितिले १५ दिनभित्र सबै बीमा दाबी भुक्तानी दिईसक्नुपर्नेै व्यवस्था गरिएको छ।

मागदर्शन अनुसार बीमा कम्पनीहरुले दाबी भुक्तानीको त्रैमासिक विवरण प्रत्येक तीन महिना समाप्त भएको १५ दिनभित्र बीमा प्राधिकरणले दिएको ढाचा बमोजिम प्राधिकरणमा प्रतिवेदन पेश गनुपर्ने व्यवस्था गरिएको छ।

beema

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*