गुराँस लघुवित्तको प्रबन्धपत्रमा भएको संशोधन अभिलेख, अधिकृत, जारी र चुक्तापुँजी बृद्धि

१० फाल्गुन २०७९, बुधबार १६:३८

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी अद्यावधिक, संचालक लगत, पुँजी बृद्धि सहितको प्रबन्धपत्रमा भएको संशोधन अभिलेख गरिएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्टार्डको कार्यालयले गुराँस लघुवित्तको संशोधन अभिलेख गरेको हो ।

लघुवित्तले रजिष्टार्ड कार्यालयलाई बुझाउनुपर्ने आर्थिक वर्ष २०७८।७९ सम्मका वार्षिक विवरणहरु उपलब्ध गराएकोले सो आवसम्म कम्पनी अद्यावधिक रहेको कार्यालयले जनाएको छ ।

साथै गत पुष ३० गतेको वार्षिक साधारण सभाको निर्णय बमोजिम कम्पनीको साविकको अधिकृत, जारी तथा चुक्तापुँजीलाई बृद्धि गरी स्वीकृत प्रदान समेत गरिएको छ । अधिकृत पुँजी १० करोड रुपैयाँबाट १५ करोड, जारी पुँजी साविक ९ करोड ७५ लाख रुपैयाँबाट १० करोड १४ लाख रुपैयाँ र चुक्तापुँजी साविक ९ करोड ७५ लाख रुपैयाँबाट १० करोड १४ लाख रुपैयाँ कायम गर्न स्वीकृत प्रदान गरिएको हो ।

साथै प्रबन्धपत्रको दफा ६ को क, ख र ग मा भएको संशोधन हुन र कम्पनीको गत पुष ३० गते को वार्षिक साधारण सभाको निर्णयअुनसार कम्पनीको ऐन, २०६३ को दफा १०७ बमोजिम तयार संचालक दर्ता किताब रजिष्टार्ड कार्यालयमा प्राप्त भएको सो बमोजिम भए गरेका काम कारबाहीको उत्तरदायित्व र जिम्मेवारी कम्पनी र कम्पनीको संचालकहरुको रहने गरी सो संचालक दर्ता किताब अभिलेख गरीको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*