नेप्सेमा निफ्राको पौने २३ लाख कित्ता ऋणपत्र सूचीकृत

११ फाल्गुन २०७९, बिहीबार १३:०१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को उर्जा ऋणपत्र सूचीकृत भएको छ । निफ्राको ऋणपत्र आज ‘निफ्रा युआर ८५।८६’ सिम्बोलबाट सूचीकृत भएको हो ।

कम्पनीको १००० रुपैयाँ अंकित मूल्यका २२ लाख ८९ हजार ८१३ कित्ता ऋणपत्र सूचीकृत भएको हो । ७ वर्षे अवधि तथा ७ प्रतिशत ब्याजदर भएको सो ऋणपत्रको कारोबार भोलिदेखि नै गर्न मिल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*