छिमेक लघुवित्तले अधिकृत पुँजी ३ अर्ब ७५ करोड पुर्याउँदै, चुक्तापुँजी पौने ३ अर्ब

११ फाल्गुन २०७९, बिहीबार १३:२०

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँबाट बृद्धि गरी ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याउने भएको छ । संस्थाले चैत १० गते मकवानपुरको हेटौंडा स्थित होटल सामना प्रा.लि.को सभाहलमा बिहान ११ बजे बस्नेगरी डाकेको २१औं वार्षिक साधारण सभामा अधिकृत पुँजी बृद्धि गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

यसबाहेक संस्थाले सो सभामा कम्पनीको आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको २२ प्रतिशतका दरले हुन आउने ५१ करोड १३ लाख २ हजार रुपैयाँ बराबरको बोनस शेयर जारी गरी वित्तीय संस्थाको जारी तथा चुक्तापुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ पुर्याउने सम्बन्धि विशेष प्रस्तावसमेत पारित गर्नेछ ।

सौ अन्य कुनै वित्तीय संस्थाहरुलाई मर्जरु वा प्राप्ति गर्न उपयुक्त देखिएमो सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

यसका अलावा संस्थाको सो सभाले २२ प्रतिशत बोनस शेयरमा लाग्ने ३.२६ प्रतिशत कर प्रयोजन वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ । साथै गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ संस्थाले फागुन २५ गते एकदिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ फागुन २४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*