राष्ट्र बैंकको कडाई संगै लघुवित्तको शेयरमूल्य ह्वातै घट्यो, ४१ संस्थाको शेयरमा नकरात्मक सर्किट

११ फाल्गुन २०७९, बिहीबार १५:१३

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा उच्च अंकले ओरालो लागेको छ । आज शेयर बजार ५७ दशमलव ७४ अंकले घटेर २०२२ को विन्दुमा कायम भएको छ ।

राष्ट्र बैंकले लघुवित्तलाई कडाई गर्ने निर्णय गरेसँगै लघुवित्तको शेयर मूल्य ह्वातै घटेको छ । आज ४१ भन्दा बढी लघुवित्तहरुको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।
आज छिमेक लघुवित्त, समिट लघुवित्त, स्वरोजगार लघुवित्त लगायत अन्य ४१ लघुवित्तको शेयरमा नकरात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*