सिभिल बैंकबाट सिईओ सुनिल पोखरेलसहित ८ जना व्यवस्थापकीय तहका कर्मचारीले सामूहिक रुपमा लिए बिदाई

११ फाल्गुन २०७९, बिहीबार १५:५५

काठमाडौं । सिभिल बैंकबाट सिईओ सुनिल पोखरेलसहित ८ जना व्यवस्थापकीय तहका कर्मचारी सामूहिक रुपमा बिदाई भएको छ। बैंकबाट कार्यकारी तहमा रहेका सीईओ सुनिल पोखरेल र सुमन आचार्य बाहिरिएका हुन् ।

यस्तै, बैंकको व्यवस्थापकीय तहमा रहेका सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बैंकबाट बाहिरिएको हुन् । हिमालयन बैंकसँग भोलिदखि एकिकृत कारोबार शुभारम्भ गर्न लागेको सिभिल बैंकमा सिरईओ सहित र्एक दर्जन कर्मचारीहरुले स्वेच्छिक अवकाश सुविधा लिएर बैंकबाट बाहिरिएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*