तीन कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?

११ फाल्गुन २०७९, बिहीबार १५:५६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । प्रभु इन्स्योरेन्स, सबैको लघुवित्त र सिभिल लघुवित्तले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले यी तीनवटै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम प्रभु इन्स्योरेन्सको ५५५ रुपैयाँ ९० पैसाका आधारमा नेप्सेले ६.७०% बाृेनस शेयर वितरणपछिको शेयरमूल्य ५२० रुपैयाँ ९९ पैसा कायम गरेको छ ।

साथै सबैको लघुवित्तको पनि आजसम्म कायम शेयरमूल्य ८४० रुपैयाँका आधारमा १८% बोनस शेयर वितरणपछिको शेयरमूल्य ७११ रुपैयाँ ८६ पैसा कायम गरेको छ ।

त्यस्तै, सिभिल लघुवित्तको ७४९ रुपैयाँका आधारमा ११% बोनस शेयर वितरणपछिको शेयरमूल्य ६७४ रुपैयाँ ७७ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा आइतबार यी तीनवटै कम्पनीको कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*