आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै साढे ३ लाखको आवेदन

११ फाल्गुन २०७९, बिहीबार १७:३५

काठमाडौं । आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै ३ लाख ६६ हजार २३८ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार साँझा ५ बजेसम्ममा साढे ३ लाख बढीले आवेदन दिएका हुन् ।

कम्पनीको आइपीओमा ४१ करोड ६० लाख ४६ हजार रुपैयाँ बराबरको ४१ लाख ६० हजार ४६० कित्ताका लागि आवेदन परेको हो । संस्थाले आजदेखि सर्वसाधारणका लागि आइपीओ जारी गरेको हो ।

लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो ।

जसअनुसार प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन हुनेछ । यसमध्ये १०% अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिएको छ ।

यस्तै, जारी पुँजीको ०.५% अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५% अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २५ गतेसम्म पनि भर्न पाइनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट र सीडीएस एण्ड क्लियरिङ्गको वेबसाइट मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*