नेपाल पूनर्बीमा कम्पनीले सुविधा सम्पन्न ८ तल्ले भवन निमार्ण गर्दै

१२ फाल्गुन २०७९, शुक्रबार ११:३४

काठमाडौं । नेपाल पूनर्बीमा कम्पनीले आफ्नै भवन निर्माण गर्ने भएको छ । नेपाल पूनर्बीमाले काठमाण्डौं महानगरपालिका वडा नम्बर ३१ शान्तिनगरमा भवन निर्माणको तयारी गरेको हो ।नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको घडेरी जग्गा खरिद गरेको कम्पनीले जग्गा कुनै प्रयोजनमा नआएको कारण यसअघि पनि बनाउने प्रस्ताव असफल भएको थियो । अब भने भवन निमार्ण प्रारम्भ गर्न सुरु गर्ने तयारीमा लागिरहेको नेपाल पुनर्बीमा कम्पनीले जनाएको छ।

शान्तिनगर बानेश्वरस्थित कम्पनीको नाममा रहेको जग्गा भवन वर्गमिटर अर्थात् ४ रोपनी १० आना १ पैसा १ दाम क्षेत्रफलमा रहेको छ ।८ तल्ले प्रस्तावित भवनको पहिलो दुई तल्ला पार्किङको व्यवस्था गरिनेछ ।

कूल ३० मिटर अग्लो हुने यो भवनको प्रत्येक तल्लाको उचाइँ ३.७५ मिटर रहनेछ । कम्पनीले सम्भावित बजेटको बिषयमा भने हाल नखुलाउने जनाएकोछ ।
हाल कम्पनी थापाथलीमा बहालको घरमा बस्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*