ऋणीको पक्षमा राष्ट्र बैंकद्धारा अर्को निर्णय, संशोधित निर्देशिकासहित
१२ फाल्गुन २०७९, शुक्रबार १४:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संशोधन गर्दै ऋणीको पक्षमा अर्को निर्णय गरेको छ । नयाँ व्यवस्था अनुसार बैंकबाट ऋण लिएका ऋणीहरुले भाखा नाघेको ३० दिनभित्र सावा ब्याज बुझाएमा हर्जना, पेनाल्टी वा ब्याज लगायतका कुनै पनि अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।
त्यसैगरी, दुई करोड रुपैयाँसम्मको कर्जालाई पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरिएको छ । त्यस्तै, मर्जरमा गएका बैंकहरुले स्वाप रेसियोका कारण फरक परेको रकमबाट लाभांश वितरण गर्न नपाउने व्यवस्था रहेकोमा सो व्यवस्था हटाइएको छ ।












