शाइन रेसुङ्गा बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी
१५ फाल्गुन २०७९, सोमबार ११:४६

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
बैंकले क्रेडिट रिस्क हेड, अप्रेशन हेड पदमा १ जनाका दरले र रिलेशनसिप म्यानेजर, डिजिटल डिपार्टमेन्टमा केहि संख्याले कर्मचारी माग गरेको छ ।
इच्छुक उम्मेदवारले फागुन २९ गते भित्र बैंकको वेवसाइट https://www.srdb.com.np/ मार्फत आवेदन दिन सक्नेछन् ।













