नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

१७ फाल्गुन २०७९, बुधबार १२:४७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सानिमा बैंक लिमिटेडर र सिवाइसी नेपाल लघुवित्तको आ–आफ्नो साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सानिमा बैंकको १० प्रतिशत दरका कुल १ करोड १३ लाख २७ हजार ३७७ कित्ता र सिवाइसी नेपाल लघुवित्तको ३० प्रतिशत दरका कुल ३ लाख ६४ हजार ९२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

उक्त बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*