निर्धन लघुवित्तद्वारा घातक रोग उपचारको लागि रकम सहयोग
१७ फाल्गुन २०७९, बुधबार १३:१२

काठमाडौं । निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय धकधइले आज एक कार्यक्रम बिच घातक रोग उपचार सहोयोग रकम हस्तान्तरण गरेको छ । शाखा कार्यालय अन्तर्गत लालपाटी महिला समुहकी सदस्य नैन कुमारी लोनियाको श्रीमानलाई क्यान्सर रोग उपरारार्थ १० हजार रुपैया शाखाका लेखापाल सुरेश बहादुर थारुले एक कार्यक्रम बिच हस्तान्तरण गरेका हुन् ।
संस्थाले गम्भिर रोग सुत्केरी पोषण, उच्च शिक्षा छात्रवृत्ति, बीमा , प्राकृतिक प्रकोप राहत, उद्दमशिलता सन्देश लघुउद्यम सीप विकास कार्यक्रमलगायत ग्राहकमैत्री कार्यक्रम समयसापेक्ष ल्याउँदै जाने निमित्त शाखा प्रमुख जिबुप्रकाश सुबेदी बताए ।












