नेपाल पुनर्बीमाको निर्जीवन बीमाको व्यवसायको खुद नाफा सामान्य विस्तार, जीवन बीमाको घट्यो, अन्य सूचक कस्तो ?

२१ फाल्गुन २०७९, आईतवार ०९:१०

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा निर्जीवन बिमा व्यवसायतर्फ खुद नाफा सामान्य विस्तार गरेको छ भने जीवन बिमातर्फ घटेको छ ।

गत वर्ष १६ करोड ४९ लाख ३१ हजार रुपैयाँ रहेको निर्जीवन बिमा व्यवसायतर्फको खुद नाफा यो वर्ष १७ करोड ८४ लाख २२ हजार रुपैयाँ पुगेको छ । यता, गत वर्ष यसैअवधिमा ७ करोड ५० लाख ८७ हजार रुपैयाँ रहेको जीवन बिमा व्यवसायतर्फको खुद नाफा यो वर्ष १ करोड ५ लाख ८ हजार रुपैयाँमा सीमित भएको छ ।

असोज ममसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट ७ अर्ब ७३ कोड ४१ लाख ३९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको यसैअवधिमा यसले ८ अर्ब ९ करोड ६१ लाख १५ हजार रुपैयाँ निर्जीवन व्यवसायबाट खुद बिमा शुल्क आर्जन गरेको थियो । त्यस्तै गत वर्ष यसैअवधिमा जीवन बिमा व्यवसायबाट १ अर्ब २१ करोड ४१ लाख १२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकोमा यो वर्ष ५७ करोड ६६ लाख ७ हजार रुपैयाँमा सीमित भएको छ ।

यस अवधिसम्म पुनर्बिमा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । असारसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ५ अर्ब ३९ करोड ७७ रुपैयाँ र जीवन बिमातर्फ ६३ करोड ३ लाख ६३ हजार रुपैयाँ जम्मा भएको छ ।

निर्जीवन बिमा कोषमा २ अर्ब ५१ करोड ६४ लाख ६१ हजार रुपैयाँ रहेको छ । जीवन बिमा कोषको विवरण भने रिपोर्टमा उल्लेख छैन । पहिलो त्रैमाससम्म यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ३४ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*