महिला लघुवित्तको ५० प्रतिशत लाभांश आज पारित हुँदै

२१ फाल्गुन २०७९, आईतवार ०९:२१

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज (फागुन २१ गते) आइतबार बस्दैछ । सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेल काभ्रेमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको ४७.५% बोनस सेयर र २.५% नगद गरी कुल ५०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धी प्रस्ताव पनि रहेको छ । महिलाले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन ५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*