प्रभु लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेख नविकरणमा शतप्रतिशत छुट दिने, कहिलेसम्म पाइन्छ ?

२१ फाल्गुन २०७९, आईतवार ०९:२८

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखमा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै फागुन २१ गतेदेखि आगामी वैशाख ३१ गतेसम्म पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा शत प्रतिशत छुट प्रदान गर्ने जनाएको हो ।

नेपाल बीमा प्राधिकरणबाट जारी ‘जीवन बीमालेख सम्बन्धी निर्देशिमा २०७८’ को अधीनमा रही कम्पनीले सो छुट प्रदान गर्न लागेको हो । सो का लागि कम्पनीले केही शर्तहरु राखेका छन् ।

जसमा ब्याज छुट गर्ने प्रयोजनका लागि दुई वर्ष अगाडीदेखि ब्यतित भएका बीमालेखहरुलाई मात्र समावेश गरिनेछ । साथै यस्तो छुट बीमा अवधिभरी एकपटक मात्रै प्रदान हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*