नेपाल राष्ट्र बैंकद्वारा जीवन विकास लघुवित्तको लाभांश संशोधन, परिमार्जनपछि बोनस र नगद कति ?

२१ फाल्गुन २०७९, आईतवार १०:२६

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम संशोधन गरेको हो ।

कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट २८ प्रतिशत बोनस शेयर र ९.३६८४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ३७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले संशोधन गरेपछि संस्थाको फागुन १९ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको २६ प्रतिशत बोनस शेयर र ७.१५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ३३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*