उपकार लघुवित्तद्वारा ४ जना संचालक नियुक्त
२१ फाल्गुन २०७९, आईतवार १०:४३
काठमाडौं । उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले संचालक पदमा ४ जनालाई नियुक्त गरेको छ । संस्थाले संचालक पदमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट शान्ती देवी ढकाल, चन्द्र कला न्यौपाने, श्याम प्रसाद रिजाल र चेतना अर्याललाई निर्विरोध निर्वाचित गरेको हो ।
संस्थाको फागुन १८ गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले उनीहरुलाई संचालक पदमा नियुक्त गरेको हो ।