नेप्सेमा प्रभु बैंकको ८२ लाख ६० हजार कित्ता बोनस शेयर सूचीकृत

२१ फाल्गुन २०७९, आईतवार १०:५५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएको ६.५०% बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका कुल ८२ लाख ६० हजार ६५७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*