नेप्सेमा थप ४५ लाख ३८ हजार कित्ता बोनस शेयर सूचीकृत

२१ फाल्गुन २०७९, आईतवार १०:५९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेञ्चुरी कमर्सियल बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएको ४.७५% बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका कुल ४५ लाख ३८ हजार १०६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*