जनउत्थान सामुदायिक लघुवित्तद्वारा सधारण सभा आह्वान, यस्ता छन् एजेण्डा

२१ फाल्गुन २०७९, आईतवार ११:३९

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको फागुन २० गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले सभा बिहान ११ बजे होटल न्यू इरा, कालिकापथ, रुपन्देहिमा बस्ने भएको हो ।

सभामा आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेका छन् ।

संस्थाले सभा प्रयोजनको लागि चैत १० गते शेयर दाखिल किताव बन्द गर्ने भएको छ । तसर्थ चैत ९ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्रै सभामा उपस्थिती हुन पाउने छन् र साथै संचालकको निर्वाचनमा भोट दिन पाउने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*