बीमा अभिकर्ताहरुलाई आवश्यक कागजात बुझाउने म्याद थप, सात दिनभित्रमा नबुझाए लाइसेन्स खारेज

साढे १ लाख अभिकर्ताहरुको सम्बन्धीत कागजात पेश
२१ फाल्गुन २०७९, आईतवार १२:०३

काठमाडौं । बीमा अभिकर्ताहरुले आगामी सात दिनभित्रमा आफ्नो कागजात सम्बन्धित कम्पनीमा पेश गर्नुपर्ने भएको छ ।प्राधिकरणले यसअघि तिनपटकसम्म म्याद थप गरिसकेको छ। आवश्यक कागजात पेश नगरेमा प्राधिकरणले लाइसेन्स खारेज गर्ने समेत बीमा अभिकर्ताहरुलाई निर्देशन दिएको छ।

हालसम्म साढे १ लाख अभिकर्ताहरुले आफनो सम्बन्धीत कागजात पेश गरिसकेको बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनुसार म्याद थप गरेर बीमा कम्पनीका अभिकर्ताहरुले आगामी फागुन २७ गतेभित्रमा विभिन्न कागजातहरु पेश गर्नुपर्ने भएको हो ।

सो अनुसार अभिकर्ताहरुले एसएलसी वा सोभन्दा माथिको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो एक थान र स्थायी लेखा नम्बर (प्यान) कार्ड आफू कार्यरत बीमा कम्पनीमा पेश गर्नुपर्ने छ ।यदि उक्त अवधिमा पनि सो कागजपत्रहरु पेश नभएमा बीमा अभिकर्ता इजाजत पत्र नवीकरण नहुने जनाइएको छ ।

बीमा ऐन, २०७९ को दफा ९१ (७) बमोजिम ‘बीमा अभिकर्ताको इजाजत पत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइनेछ’ भन्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था कार्यन्वयन गर्न प्राधिकरणले सम्पूर्ण अभिकर्ताहरुलाई आफु कार्यरत बीमकका कार्यालयहरुमा तपसील बमोजिमका कागजातहरु पेश गर्न सूचना जारी गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*